Open Khabar
inside Article Bleow Menu Single Page

भारतमा दुई हजारभन्दा बढीको मृत्यु एकैदिन झण्डै तीन लाख नयाँ संक्रमित थपिए

काठमाडौं –  भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या एक करोड ५६ लाख नाघेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८२ हजार नाघेको छ। उत्तर प्रदेशमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । कर्नाटकमा पनि २१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १९ हजारभन्दा धेरै छ ।

Before Header

भारतमा कोरोना संक्रमण बढेसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ । उत्तर प्रदेशले पनि साताको दुई दिन लकडाउनको घोषणा गरेको छ । तर, संक्रमण भने नियन्त्रणमा आएको छैन ।भारतमा अहिलेसम्म १३ करोड १ लाखभन्दा धेरै डोज कोरोना खोप दिइएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.