Open Khabar
inside Article Bleow Menu Single Page

न्यूजिल्याण्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

फागुन २०, २०७७
 
Before Header
काठमाडौं – न्यूजिल्याण्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। समाचार एजेन्सीका अनुसार न्यूजिल्याण्डको नर्थ आइल्याण्डमा ७.२ रेक्टर स्केलको भूकम्प गएको हो।
 
भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। भूकम्पपछिको कुनै क्षति विवरण भने आइसकेको छैन।
 
न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पपछि सुनामी आउन सक्ने भन्दै समूद्री तट आसपास रहेका मानिसहरुलाई तत्काल उच्च स्थानमा सर्न सुझाव दिएको छ। स्थानिय सुरक्षा अधिकारीहरूले भूकम्पको केही घण्टासम्म सुनामीको खतरा जारी रहने जानकारी दिएका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.