Open Khabar
Before Header

गैरआवासिय नेपाली संघ, पोर्चुगलको सहयोग

सिन्धुपाल्चोकको घुम्थाङको नागबुजे र भिरखर्क लगायतका ठाउँमा गएको पहिरोबाट जनधनको क्षतिपुगेका पीडित परिवारलाई गैर आवासिय नेपाली संघ पोर्चुगलले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरियो । संघका बरिष्ठ उपाध्यक्ष भिमसेन थापाको बिशेष संक्रियतामा संकलित रकम रु ४ लाख १५ हजार रुपैंया बराबरको नगद तथा खाद्यन्न सहयोग गरिएको छ

उक्त रकम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेन्द्र थापा, बाह्रबिसे नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष मिन बहादुर श्रेष्ठ तथा समाजसेवी होम बहादुर थापाले हस्तान्तरण गर्नुभएको हो । आफु विदेशमा रहेको र कोविड १९, कोरोना भाइरसको संक्रमणले गर्दा जारी लकडाउनका कारण अर्थतन्त्रमा नराम्रो असर परेपनि एउटा नेपालीको‌ नाताले बाढीपहिरो पिडितको नाजुक अबस्था देखेर सहयोग गर्न जमर्को गरेको र सबैबाट सहयोग प्राप्त भएको थापाले जानकारी गराउनु भयो ।

उक्त रकम मध्ये नागबुजेका मृतक ११ परिवारलाई १० हजार, विस्थापितलाई ४००० र खाध्यान्न राहत उपलब्ध गराइयो ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.