Open Khabar
Before Header

भारतमा कोरोना कहर: पछिल्लो २४ घन्टामा ९४२ को मृत्यु

२९साउन,काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या डरलाग्दो किसिमले बढ्दै गइरहेको छ ।यो समाचार तयार पार्दा सम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २३,९७,४०३ पुगेको छ ।४७,१४९ को मृत्यु भइसकेको छ भने १७,९७,६४० निको भएका छन् ।भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाईरसका कारणले ९४२ जनाले ज्यान गुमाएका छ्न् ,जुन अहिलेसम्म २४ घन्टामा मृत्यु हुनेको उच्च संख्या हो।योसँगै भारत धेरै कोरोना संक्रमित भएको तेस्रो मुलुक बनेको छ।

अमेरिकामा संक्रमितको संख्या ५३,६०,३०२ पुगेको छ र कोरोना संक्रमणका हिसाबले अमेरिका पहिलो नम्बरमा छ भने ३१,७०,४७४ संक्रमित भएको ब्राजिल दोश्रो नम्बरमा छ।

Before Header
Bleow Covid

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.