Open Khabar
inside Article Bleow Menu Single Page

एसइई परीक्षा जेठ १३ देखि २४ सम्म हुने

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

Before Header

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको बताए।

विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ। गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.