Open Khabar
Before Header

‘बेस्ट प्रिन्सिपल अवार्ड’ साउथ वेस्टन स्कुलका प्रिन्सिपल अधिकारीलाई

काठमाण्डौ-  ‘बेस्ट प्रिन्सिपल अवार्ड’ बसुन्धारामा अवस्थित साउथवेस्टन स्कुलले जितेको छ। साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ अवार्ड प्राप्त गरेका छन्।

‘ग्लोबल स्कुल अवार्ड’ र ‘इडु नेसन टिभी’द्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल सभा मार्फत अधिकारलिे उक्त अवार्ड जितेका हुन्। पचासभन्दा बढी विधाहरू समेटिएको अवार्ड कार्यक्रमको नतिजा गत असोज २५ गते घोषणा भएको हो।

Before Header

उक्त कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया लगायत एसियाका विभिन्न देशहरूका २०० भन्दा बढी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। अगस्ट दोस्रो सातादेखि मनोनयन दर्ता गरेको उक्त अवार्डका लागि विभिन्न चरणहरू पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पारेका हुन्।

मूल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता आदिको माध्यमबाट विद्यालय र यसले सञ्चालन गरेका शैक्षिक गतिविधिहरूको बारेमा निर्णायक मण्डललाई समग्र जानकारी दिइएको थियो। यसै क्रममा ‘इडु नेसन टिभी’ले प्रिन्सिपल रमेश अधिकारीसँग लिएको अन्तर्वार्ता प्रत्यक्ष प्रसारण गरेको थियो।

अन्र्तवार्ताको क्रममा अधिकारीले देशको शिक्षण सिकाइ र नेपाल भारत सीमा विवादका सम्बन्धमा आफ्नो स्पष्ट धारणा राखेको बताए। उक्त अवार्डका लागि निर्णायक मण्डल सदस्यहरूले विद्यालयबाट सञ्चालित अनलाइन कक्षा तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरूको अनलाइन अवलोकन समेत अवलोकन गरका थिए।

सोही क्रममा विद्यालयले वर्तमान अवस्थामा साउथवेस्टन स्कुलले विकास गरेको विद्यार्थीे सिकाइ मूल्याङ्कन प्रणालीको बारेमा प्रशंसा भएको अवार्ड विजेता प्रिन्सिपल अधिकारीले जानकारी दिए।

स्कुलले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकाले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए। स्कुलले गत बर्ष पनि दुबईको अमिट युनिभर्सिटीद्वारा आयोजित एक कार्यक्रममा अन्तराष्ट्रिय स्कुल अवार्ड अन्तरगतको ‘एक्सिलेन्स टिचिङ अवार्ड’ प्राप्त गरेको थियो।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.