Open Khabar
Before Header

रोशी र तेमाल गाउँपालिकाले विद्यालयका शिक्षक कर्मचारीहरुको निःशुल्क कोरोना विमा गर्ने

जिल्लाको रोशी गाउँपालिका र तेमाल गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै स्थायी, अस्थायी, करार र ज्यालादारी पदमा कार्यरत राज्य कोषबाट तलब भत्ता र पारिश्रमिक लिने शिक्षक तथा कर्मचारीको निशुल्क कोरोना विमा गर्न लागिएको जानकारी दिएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैएिको कोरोना भाईरसको जोखिमलाई यानमा राखि मन्त्रालयको पत्र अनुसार शिक्षक तथा कर्मचारीको निशुल्क विमा कार्यक्रम अघि बढाईएको हो । तेमाल गाउँपालिकाले भने आजको मितिबाट ७ दिन सम्म गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखामा विद्युतीय माध्यमको प्रयोग गरी विद्यालयको लेटर प्याडमा तोकिएको विवरण पठाउन भनेको छ भने रोशी गाउँपालिकाले समय सिमा तोकेको छैन ।

Before Header
Bleow Covid

यस अघि नमोबुद्ध नगरपालिकाले पनि विद्यालयका शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमाको निमित्त सुचना जारी गरिसकेको छ । पालिकाले ईच्छुक विद्यालयहरुले विद्युतीय माध्यमको प्रयोग गरी १७ गते सम्म विद्यालयको लेटर प्याडमा तोकिएको विवरण पठाउन पनि सुचनामा उल्लेख गरिएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.