Open Khabar
inside Article Bleow Menu Single Page

आज देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ, आज देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि वर्षाको सम्भावना अझ बढेको महाशाखाले जनाएको छ ।

Before Header

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू-भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

बैशाख २० गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.