Open Khabar
inside Article Bleow Menu Single Page

नेपाल स्वावलम्बन विकास संघ गैंडाकोट ६ को ११ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

हरि सुवेदी, गैडाकोट

 समितिको अध्यक्षमा दिनेश शर्मा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा अम्बिका कंडेल, सचिवमा नर्मदा पाण्डे, कोषाध्यक्षमा पुष्पराज सुवेदी, सह–सचिवमा टेकबहादुर क्षेत्री रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गिता अर्याल, शोभा सापकोटा, भरत सापकोटा, गंगाप्रसाद सुवेदी चयन हुनुभएको निर्वाचन समितिका संयोजक आर्दश नारायण सापकोटाले जानकारी दिनुभयो ।
२ जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने उहाँले जानकारी दिनुभयो । यसअघि भएको नेपाल स्वावलम्बन विकास संघ गैंडाकोट ६ को २४ औँ साधारण सभाका प्रमुख अतिथि गैंडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजालले सामाजिक संघसंस्थासँग सहकार्य गरेर समाज विकास गर्न सकिने बताउनुभयो । उहाँले संस्थालाई आवश्यक पर्ने सहयोग गर्ने बताउँदै उहाँले सबै व्यक्तिहरु मिलेर संघसंस्थालाई अगाडी बढाउनुपर्ने र त्यसकै कारणले समाज विकासमा टेवा पुग्ने पनि बताउनुभयो ।
संघका अध्यक्ष विजय सापकोटाले संस्थाका योजना र सपनालाई पुरा गर्ने गरि नयाँ कार्यसमितिले काम गर्न शुभकामना दिँदै आफ्नो साथ सहयोग रहने बताउनुभयो । यस्तै कार्यक्रममा प्रगति प्रतिवेदन सह –सचिव अम्विका कंडेलले प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष बेदबहादुर दराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गैंडाकोट ६ का वडा सदस्य पवित्रा अधिकारी, समाजसेवी हरिप्रसाद कंडेल, स्वावलम्बन टोलका अध्यक्ष दानबहादुर क्षेत्री, संस्थाका संस्थापक अध्यक्ष आर्दश नारायण सापकोटा, स्वावलम्बन महिला विकास समूहका अध्यक्ष दक्षदेवी चालिसे, संस्थाका पूर्वअध्यक्षहरु दिनुराम सापकोटा, निर्वाचन समितिका सदस्यहरु पार्वती गौडेल र लक्ष्मण चापागाई संस्थाका कार्यालय सचिव हरि सुवेदी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.