Open Khabar
Before Header

त्रिभुवन विश्वविद्यालयमा यसवर्ष पनि विद्यार्थी संख्या घट्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्यामा निरन्तरः गिरावट आएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ । विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ ।

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको आज सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन् । यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन् । अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए । यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आाज सम्पन्न वार्षिक दिवस बैठकमा प्रस्तुत ग्रेस लिष्ट पारित गरिएको हो । सो सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा छ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.