Open Khabar
inside Article Bleow Menu Single Page

नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच दोहोरो गोली हानाहानमा एकको मृत्यु

फागुन २०, २०७७
 
Before Header
काठमाडौं – कञ्चनपुरको बेलौरीमा नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान हुदाँ एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
 
बेलौरी नगरपालिका– ७ पौलाहास्थित बिहिबार नेपाल-भारत सीमा नजिकै दुई समूहबीच गोली हानाहानको भिडन्तमा भारतको पिलिभित-४ का २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाले जानकारी दिएका छन्।
 
डिएसपी थापाका अनुसार नेपालमा तस्करले लागूऔषध ल्याउन लागेको विशेष सूचनाको आधारमा आज साझँ प्रहरी त्यस तर्फ गएको थियो। प्रहरी टोलीमाथि तस्कर समूहले फायर गरेपछि प्रहरीको जवाफी कारबाही स्वरुप गोली चलाउदा एक भारतीयको मृत्यु भएको हो।
 
तस्करको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन र लागुऔषध बरामद गरेको छ। भिडन्तमा प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको डिएसपी थापाले बताए।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.