फागुन १०, २०७७

काठमाडौं – सिन्धुलीमा जंगली हात्तीले स्थानीयका चारवटा घर भत्काइदिएको छ।
दुधौली नगरपालिका–६ दमनडाँडामा जंगलबाट आएका ३ वटा जंगली हात्तीले जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्रबहादुर कार्की र रामप्रसाद बराल गरि चार जनाका घरहरू भत्काइदिएको हो।


जिल्लाको कमलाखोच क्षेत्रमा जंंगली हात्तीले स्थानीयहरूको घर भत्काउनुका साथै धान, मकै, केरा ,मेवा र आँप लगायतका अन्नवाली तथा फलफूलहरूमा क्षति पुगेको छ।
लामो समय देखि कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाइरहेका जंगली हात्तीलाई सम्बन्धित निकायले दिगो रूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय पीडित बन्दै आइरहेको उनीहरुको भनाइ छ।
