Open Khabar
Before Header

प्र.अ.को नियुक्तिको विवरण विद्यालयले पेश गरेन

नविन कुमार सिंह रौतहट ।


१३ अषाढ । नमुना विकासको लागी छनौटमा परेका रौतहटका तिन विधालयले गुरुयोजना तथा प्रध्यानाध्यापकको न्युक्तिको विवरण पेश गर्न सकेका छैन ।

शिक्षा तथा मानव स्रोत केन्द्र बिकास केन्द्र विधालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार विवरण पेश नगर्ने विधालयहरुमा मौलापुर नगरपालिकाका वडा नं.८ मा रहेका जनता माध्यमिक विधालय गुरुयोजना, राजदेवी नगरपालिकाको वडा नंं.७ मा रहेका नेमधारी बासुदेव नमुना विधालय मुडवलवा प्राध्यानाध्यापकको न्युक्ति र चन्द्रपुर नगरपालिका ६ मा संचालित जनज्योति माध्यमिक विधालय रहेको छ ।

मापदण्ड निर्धारण शाखाले यथाशिघ्र विवरण पेश गर्न गरेको पत्राचार अनुसार सर्लाहीका २ , धनुषाका २ बारा र पर्षाका एक एक विधालय रहेको २०७६ फाल्गुन २८ को पत्रवाट पुष्टि भै रहेको छ । नेमधारी बासरदेव माध्यमिक विधालयलाई शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले २०७६ चैत्र ७ गते सम्ममा विवरण पेश गर्न पत्र पठाएको छ ।

नेमधारी बासुदेव नमुना माध्यमिक विधालयले नमुना विधालय सुधार गुरुयोजना अनुरुप भौतिक निर्माण अनुदान रकम निकासा माग गर्दा नगरपालिकाले माग गरिएको कागजात उपलव्ध नगराए सम्म रकम निकासा दिन नमिल्ने अडान लिएपछि विधालयका रकम अहिले सम्म अन्यौलमा परेको छ ।

विधालयले १ करोड ५० लाख रुपैया माग गरेको नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले बताएका छन । नगरपालिकाले २०७७ साल असाढ ३ गते पठाएको पत्रमा शिक्षण सिकाई सामाग्री व्यवस्थापनका लागी प्रति विधार्थी लागत अनुदान कक्षा ९ र १० मा व्यवस्था रहेकोमा गत बर्ष निकासा भएको रकमको विल भर्पाई तथा यस बर्ष खर्च हुने रकमको शिर्षकगत खर्च प्रस्ताव अविलम्व पेश गर्न पत्राचार गरिएकोमा विधालयले सो विवरण पेश नगरेकोले कागज अपुग हुने आशंका उव्जिएको निमित प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

नगरपालिकाले नमुना विधालय व्यवस्थापन निर्देशिका २०७४ बमोजिम व्यवस्था भए अनुसार प्र.अ.को करार सम्झौता स्थानिय तह संग हुनुपर्ने स्पष्ट व्यवस्था रहेकोमा अनुसुचि १० बमोजिम प्र.अ.को करार सम्झौता स्थानिय तह संग व्यवस्थापकीय कार्य नियमित गर्न पत्र पठाएको छ ।

Namedhari

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.