Open Khabar
inside Article Bleow Menu Single Page

स्वदेशी प्याकेजिङ उद्योग प्रवर्द्धनको नीति बजेटमै सीमित

वीरगञ्ज, माघ ८ । सरकारले चालू आर्थिक वर्ष (आव) २०७७र७८ को बजेटमार्फत स्वदेशी औषधि उद्योगले स्थानीय उद्योगबाट किनेको प्याकेजिङ मेटेरियलमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने घोषणा गरेपछि प्याकेजिङ उद्योगी उत्साहित भए । विगत १७ वर्षदेखि उठाइएको माग पूरा भएको भन्दै प्याकेजिङ उद्यमीमा पलाएको यो उत्साह धेरै दिन टिक्न भने पाएन ।

औषधि उद्योगले स्वदेशी उद्योगबाट प्याकिङ मेटेरियल नकिनेपछि प्याकेजिङ उद्योगी निराश बनेका छन् । सरकारले बजेटमार्फत औषधि उद्योगले स्वदेशमा किनेको मेटेरियलमा भ्याट फिर्ता दिने भने पनि औषधि उद्योग उदासीन देखिएको प्रिन्टो प्याक उद्योगका प्रबन्ध निर्देशक रवीन्द्र बरनवालले बताए ।

Before Header

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल किन्दा तिरेको भ्याट छूट दिने घोषणा बजेटमा गरिएको थियो । तर, औषधि उद्योगहरूले यो सुविधा उपयोगमा चासो देखाएका छैनन् ।

प्याकिङ मेटेरियलमा भन्सारमै भन्सार महसुल र भ्याट छूट हुने भएपछि औषधि उद्योगले स्वदेशी उद्योगबाट यस्ता सामग्री नकिनेका हुन् । औषधि उद्योगले कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियलमा १ प्रतिशत पैठारी महसुल तिरे पुग्छ ।

नाकामै सहुलियत पाएपछि स्वदेशी उद्योगबाट किनेर फिर्ता प्रक्रियामा जान नचाहेको एक औषधि उद्योगीले बताए । ‘भ्याट फिर्ता हुने भएपछि हामीले कैयौं उद्योगलाई प्याकिङ मेटेरियल किन्न आग्रह ग¥यौं । तर, उनीहरूले रुचि देखाएनन्,’ उद्योगी बरनवालले भने ।

आयातको बेला भन्सार बिन्दुमै पाइने सुविधाका लागि स्वदेशमा समान किनेर पुनः अर्को निकायमा पुग्नुपर्ने व्यवस्था नै व्यावहारिक नभएको औषधि उद्योगीको भनाइ छ । ‘स्वदेशी प्याकेजिङ उद्योगको उत्पादन तुलनात्मक सस्तो भए सोच्न पनि सकिन्थ्यो । तर, मूल्य उस्तै परेपछि औषधि उद्योगले झन्झट लिन नखोज्नु स्वाभाविक हो,’ उनले भने ।

अहिले १५ ओटा प्याकेजिङ उद्योगमा करीब ४ अर्ब रुपैयाँको लगानी छ । यस्ता उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्यांकन र महसुलमा नीतिगत समस्या रहेको उद्यमीहरूले बताएका छन् ।आर्थिक अभियान दैनिकबाट

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.