Open Khabar
inside Article Bleow Menu Single Page

महीना दिनमै कालीमाटीमा भित्रियो ११ करोडको कन्दमूल

काडमाडौं, माघ १। माघे संक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब ११ करोड मूल्य बराबरको १६ हजार टन कन्दमूल भित्रिएको छ । तरूल, सखरखण्ड र पिँडालु गरी पुस महीनामा मात्र १० करोड, ७७ लाख २५ हजार मूल्यको १५ हजार ७५ टन कन्दमूल कालीमाटी तरकारी बजारमा भित्रिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को पुस महीनामा मात्र ७ करोड, ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ हजार ५५ टन तरूल आयात भएको छ ।

Before Header

१ करोड २९ लाख ८० हजार मूल्यको २ सय ३६ टन पिँडालु र १ करोड ५६ लाख २० हजार मूल्यको २ सय ८४ टन सखरखण्ड भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको भन्दा १ सय ४८ टन कम हो । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार अघिल्ला वर्षहरूमा व्यापारीहरूले कन्दमूल भित्र्याउँदा सीधै कालीमाटीमा नै ल्याउँथे र काठमाडौंका स्थानीय बजारहरूमा पठाउने गर्दथे । यसले गर्दा अघिल्लो वर्ष धेरै आयात भएको देखिन्छ । यस वर्ष व्यापारीहरूले स्थानीय बजारमा सीधै पठाएकाले कालीमाटीमा भित्रिएको परिमाण कम देखिन गएको उनले जानकारी दिए ।

आव २०७४/७५ देखि चालू आवसम्मको तथ्यांक तुलना गर्दा सबैभन्दा बढी २८ सय २४ टन कन्दमूल आव २०७६/७७ मा भित्रिएको देखिन्छ । सबैभन्दा कम १२ सय ९८ टन कन्दमूल आव २०७४/७५ मा भित्रिएको थियो ।

त्यसैगरी आव २०७५र७६ मा १८ सय ८७ र चालू आवको शुरूदेखि हालसम्म २४ सय २० टन कन्दमूल आयात भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार तरूलको औसत थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ, सखरखण्डको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ र पिँडालुको औसत थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ ।

तर, खुद्रा बजारका व्यापारीहरूले भने उपभोक्ताहरूसँग चाड पर्वको मौका छोप्दै चर्को मूल्य असुल्ने गरेको पाइएको छ । खुद्रा व्यापारीहरूले तरूलको मूल्य प्रतिकिलो १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म लिने गरेको पाइएको छ । त्यसैगरी सखरखण्ड र पिँडालुको मूल्य खुद्रा बजारमा १ सय रुपैयाँसम्म पर्ने गरेको छ । आर्थिक अभियान दैनिकबाट

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.