पुस २८, २०७७
काठमाडौं – काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन्। यौन हिँसा गरेको आरोपमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा सोमबार उनलाई क्याम्पसबाटै प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको भन्दै छात्राले उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।


प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
