Open Khabar
inside Article Bleow Menu Single Page

नेपालमा कोभिडविरुद्धको खोप आयात भएको ७ दिनभित्र लगाउन सुरु गरिने

सोहन राई
पुस २७, २०७७
Before Header
 
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिडविरुद्धको खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन्।
 
उनले कोभिडविरुद्धको खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताएका छन्। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप आयात भएको ७ दिन भित्र १६ हजार खोप केन्द्रमार्फत खोप लगाउन सुरु गरिने बताएका हुन्।
 
खोप अभियानमा ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने उनले जानकारी दिए। उनले कोभिडविरुद्धको खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए। उनले खोप अन्य व्यवसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको बताए।
 
मन्त्री त्रिपाठीले सरकारले खोप आयातका लागि राजनीतिक तहबाट पनि पहल गरिरहेको जानकारी दिए। उनले सुरुमा सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए। खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुका लागि उपलब्ध गराइने बताए।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.