उदयपुर- जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साढे १२ वर्ष जेल सजाय गरेको छ। जिल्लाको कटारी नगरपालिका(५ का एक १५ वर्षीय किशोरलाई सजाय फैसला गरेको हो।
अदालतका तहसिलदार राजकुमार आचार्यको अनुसार बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका(५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको हो।



जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए ।
