बुटवल – बुटवलमा दाङका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको तुल्सीपुरका संक्रमितको बुटवलमा मृत्यु भएको हो।
तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो।अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए।



उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१ पुगेको छ। लुम्बिनी प्रदेशमा २९३ जना संक्रमितको मृत्यु भएको छ।
