Open Khabar
inside Article Bleow Menu Single Page

वडाध्यक्ष पक्राउ बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा

कैलाली-  बैतडीमा एकजना वडाध्यक्ष बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका(३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो।

१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो। तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको अनुसार बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गरेर गाउँमै लुकाउने भन्दै वडाध्यक्ष साउदलाई पक्राउ गरिएको हो।

Before Header

प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ। घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो।योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्। यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो ।उनी दुवैले पीडित किशोरीलाई पीडकले नदिए आफूले १ तोला सुन दिने भन्दै तमसुक बनाएका थिए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.