Open Khabar
inside Article Bleow Menu Single Page

दुई जना कोरोना संक्रमितको विराटनगरको नोबेल अस्पतालमा मृत्यु

विराटनगर – दुई जना कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमो मृत्यु भएको छ। अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दीएको छ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार भर्ना भएकी अस्पतालका प्रबन्धक नारायण दाहाले बताएका छन्। सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो।

Before Header

यसैगरी झापाका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको उनले बताए। उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन्। दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना हुनअघि नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.