Open Khabar
Before Header

कोरोना संक्रमित एक पुरुषको पाल्पामा मृत्यु

बुटवल – पाल्पामा कोरोना संक्रमित एक पुरुषका मृत्यु भएको छ। तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थी अनुसार असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएका थीए।

Before Header

यो संगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको पन्थीले भने। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा २ सय ८२ जना सक्रिय संक्रमित छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.