Open Khabar
Before Header

आज महाअष्टमीको दीन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

काठमाडौं –  महान चाड बडादशैंको महाअष्टमीको दीन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आज गरीन्छ। आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानी महाकाली, महालक्ष्मी र महासरस्वतीका विशेष पूजाराधना गरी भव्यरुपमा महाअष्टमी मनाउँछन्।

महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

Before Header

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम अनुसार विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ। ् ।

‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो,’ उनले भने। ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविदको भनाइ छ । चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने धर्मशास्त्रविद् प्रा. डा. गौतम भन्छन्।

‘राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ’, उनले भने। यी तीन शक्ति दुर्गा भवानीबाटमा प्राप्त गर्न सकिन्छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.