Open Khabar
Before Header

ओली–प्रचण्डको भेटवार्ता पाँच दिनदेखि रोकियो

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता पाँच दिनदेखि रोकिएको छ। गएको २८ असोजमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि रोकिएको थीयो। ओली–प्रचण्ड भेटवार्ता कहिले हुने भन्ने टुंगो छैन।

असोज ६ को सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने गरी मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो। उक्त म्याद गुज्रिसकेको छ। अझ एकताको बाँकी काम टुंग्याउने गरी छलफल सघन हुनुपर्ने बेला राम्रोसँग टेलिफोन सम्वादसमेत हुन सकेको छैन।

Before Header

यो पाँच दिनमा हिजो (शनिबार) एक पटक टेलिफोन वार्ता भएको छ। त्यो पनि कर्णालीको विवाद टुंग्याउन भन्दै ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। तर, प्रचण्डले आफूले छुट्टै कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीको निवास बालुवाटार नआउने बताएका छन्।र, मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले प्रचण्डको सहमति नलिएपछि भेटवार्ता ठप्पै भएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.