Open Khabar
Before Header

प्रदेश २ सरकारले छठपछि प्रहरीमा भर्ना लिन आन्तरिक तयारी

जनकपुर-  प्रदेश २ सरकारले छठपछि प्रहरीमा भर्ना लिने भएको छ। प्रदेश प्रहरी ऐन पारित भएको करिब डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने तयारी सुरु गरेको छ।

आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रक्रिया अविलम्ब सुरु गर्न लागेको जानकारी दिए।

Before Header

उनले छठ पर्व सम्पन्न भएलगत्तै प्रहरीमा भर्नाका लागि आवेदन आह्वान गर्ने जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.