Open Khabar
Before Header

२०७७को दशैँ सुरू भयो तर बसपार्क लगभग पुरै खाली

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि गत वर्षमा जस्तै चाडबाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेकोछ ।

 

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडबाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान रहेको कुरा बसपार्क लोत्सेका जनरल मेनेजर सुनील कुवँर बताउछन ।

Before Header

विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउनुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउनुहुन्छ । “विगत एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.