Open Khabar
Before Header

क्वारेन्टिनबाट भागेका ७ जनामा कोरोना संक्रमण

डोटी- डोटीको शिखर नगरपालिका–१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत सोमबार राति करिब ९ बजे क्वारेन्टिनबाट भागेर घर गएका थिए। भारतबाट आई क्वारेन्टिन बसेका उनीहरुको शनिबार स्वाब संकलन गरेको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।

स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित भेटिएका शाहले जानकारी दिए। स्थानीय केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो। नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको स्वास्थ्य संयोजक शाहले बताए।

Before Header

घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको शाहले जानकारी दिए। शिखर नगरपालिकामा क्वारेन्टिनबाट घर गएकाहरुको पोजेटिभ रिपोर्ट आएको यो दोश्रो घटना हो।

यसअघि वडा नं. ३ को आलीअतुरालीमा पनि संक्रमित घर गएको तेस्रो दिन रिपोर्ट पोजेटिभ आएको थियो। पहिलो पटक सूचनामा अन्यौलताका कारण त्यस्तो भएको भएपनि यस पटक सुरक्षा अभावका कारण यस्तो भएको शाह बताउँछन्। भनेको नमानेर गएपछि स्वास्थ्यकर्मीले रोक्न नसकेको स्वास्थ्य संयोजक शाहले बताए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.