Open Khabar
inside Article Bleow Menu Single Page

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

INside Content

काठमाडौँ ।जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।

Before Header

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए। तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.