Open Khabar
inside Article Bleow Menu Single Page

सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

INside Content

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ।

मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो।

Before Header

कार्यदलका सदस्य हिमलाल पुरीले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्।

प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी सत्ता गठबन्धनको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका हुन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.