Open Khabar
Before Header

बालिकालाई बलात्कार गर्न खोजेकामा एक युवक पक्राउ

लहान- पाँच वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको छ।

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ।

Before Header

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.