Open Khabar
inside Article Bleow Menu Single Page

सिटिजन लाइफ इन्स्योरेन्सले गैंडाकोटको लुम्बिनी आइसिटी क्याम्पसमा “विद्यार्थिसंग बीमा” कार्यक्रम सम्पन्न

INside Content

गैँडाकोट, १० असार

विन्दु वाग्ले ।

Before Header

सिटिजन लाइफ इन्स्योरेन्सले गैंडाकोटको लुम्बिनी आइसिटी क्याम्पसमा “विद्यार्थिसंग बीमा” कार्यक्रम संचालन गरेको छ । बिमाप्रति विद्यार्थीलाई आकर्षण गर्न र जनशक्ति अभावलाई पुर्ति गर्नका लागि इन्स्योरेन्सले विद्यार्थीसँग बिमा कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रममा व्याचलर पहिलो वर्षका ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यालयका सहायक प्रद्यान्यापक श्रीकृष्ण न्यौपानेले विद्यार्थीलाई विमाको महत्व बुझाई परिवार समक्ष पुर्याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्ससंग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विमाले भविष्यमा हुने जोखिमलाई बहन गर्ने हुनाले यस विषयमा विद्यार्थीलाई जानकारी दिनु आवश्यक भएको न्यौपानेको भनाई थियो ।

सिटिजन लाइफ इन्स्योरेन्स गैँडाकोट शाखा प्रमुख प्रकाशचन्द्र पौडेलले विमाप्रति बिद्यार्थीको आकर्षण बढाउन सकेको खण्डमा दिर्घकालिन रुपमा जनशक्ति अभाव लाई पुर्ति गर्न कोशेढुङा साबित हुने बताउनुभयो । उहाँले उनिहरु प्रस्ट हुँदा आफ्नो परिवार, समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले विद्यार्थीसंग बिमा कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म शाखाले चितवन र नवलपुरका ९ वटा कलेजमा यस कार्यक्रम गरिसकेको छ ।

विहीबार गैँडाकोटको मंगलम् स्टिल्स प्रालिले सिटिजन लाइफ इन्स्योरेन्समा मजदुरहरुको सामुहिक जीवन म्यादी विमा गर्ने गरि सम्झौता गरेको छ । जसमा प्रालिले आफ्ना ३५ जना श्रमिकको जोखिमलाई मध्यनजर गर्दै सामूहिक रुपमा बिमा गरिदिने भएको हो । प्रति श्रमिकको पाँच लाखले दरले विमा गर्ने गरि सम्झौता गरेको गैँडाकोट शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.