Open Khabar
inside Article Bleow Menu Single Page

मूल्यवृद्धि विरुद्ध उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप

INside Content

काठमाडौं। पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

Before Header

प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.