Open Khabar
Before Header

बाह्रबिसे पहिरो पीडितलाई राप्रपाको सहयोग, रु. १० लाख बराबरको राहत वितरण ,

भदौ १०
बाह्रबिसे नगरपालिका भित्रका बिभिन्न स्थानमा गएको पहिरोबाट पीडित भएका परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले पीडितको दैलोमा नै पुगेर राहत बितरण गरेको छ । राप्रपा केन्द्रिय स्तरका नेता, जिल्ला तहका नेता तथा रााप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरीकाका र गैर आवासीय नेपालि संगठन पोर्चुगलको तर्फबाट संकलन गरिएको रु १० लाख २ हजार ९ सय ८० रुपैया रकम बराबरको नगद तथा खाद्यन्न एक समारोहका बिच सहयोग गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पुर्व माननिय रमेश लामाको नेतृत्वमा बुधबार र बिहिबार जिल्लामा रहेको टोलिले नगद तथा खाद्यन्न सहयोग गरेको हो ।
Before Header
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ लाख ३ हजार, रााप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक प्रवासी संगठन अमेरीकाकाका अध्यक्ष सिन्धुपाल्चोकका शिव कुमार राउत(१२,७०६), उपाध्यक्ष तेन्जिङ शेर्पा (१२,१३०), महासचिव कर्णबहादुर (१७,३१२), सदस्य सुमन खड्का (६४,०५६), अकुर थापा(२३,०९२), पासाङ तामाङ (१३,२८७), उमेश खड्का (१७,४३५) तथा दाङ निवासी सुसन थापा (१३,२८७), सन्तोष ओली (११,६६५) बाट जम्मा रु १ लाख ८४ हजार ९ सय ८० पहिरोमा परेर मृत्यु भएका परिवारलाई प्रति परिवार १२ हजारको दरले नगद हस्तान्तरण गरेको हो । यस्तै पहिरोका कारण बिस्थाति भएका ५० परिवारलाई भने प्रति परिवार ४ हजारको नगद सहयोग गरेको हो । बिस्थापित परिवारलाई १ बोरा चामल, २ केजि दाल,, २ केजि चिनी, १ केजि नुन, गेडागुडी र साबुन लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको राप्रपा क्षेत्र नं.१ का क्षत्रिय सचिब उत्तम भण्डारीले जानकारी दिनुभएको छ । बाह्रबिसे नगरपालिका वडा नं. ७ नागपुजे, भिरखर्कमा गएको पहिरोबाट पीडित परिवारलाई नगद र खाद्यन्न सहित बाह्रबिसे नगरपालिका वडा नं. २ कर्थलि, बुदेपा चालिसेका ४४ घरधुरी र डाडाँगाउँमा गएको पहिरोबाट बिस्थापित भएको १८ परिवारलाई समेत खाद्यन्न सहयोग गरेको हो । मौसमको खराबीले गर्दा कर्थली र बालुवाको राहत वितरण कार्यक्रम बाँकी रहेको भण्डारीले वताउनु भयो । राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शमसेर राणालले आफु भौतिक रुपमा उपस्थिति हुन नसकेपनि बाढि पहिरोले गरेको क्षतिको समाचारले आफु निकै दुःखी बनाएको भन्दै सुभकामना सन्देश मार्फत पिडीत बाँसिहरुलाइ सम्झना पठाउनुभएको थियो ।
उहाँले पठाउनु भएको सन्देशमा आफु यस दुःखद घडिमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै आफुहरु जनताको दुःखमा सँधै साथ रहेको पनि उल्लेख गर्नुभएको छ । राणाले मात्रै जिल्लामा बाढी पहिरोबाट पीडित परिवारलाई हालसम्म ८ लाख नगद सहयोग गर्नुभएको छ । उक्त नगद बितरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा पुर्व माननिय रमेश लामा , पुर्व केन्द्रिय सदस्य उदय सापकोटार यस्मिन ढुङगाना, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङ, जिल्ला अध्यक्ष द्धय गोपाल श्रेष्ठ, दईन्द्रबहादुर ठकुरी, क्षेत्रीय अध्यक्ष शिव भण्डारी, राष्ट्रिय यातायात माहासंघका केन्द्रिय उपाध्यक्ष एवं पुर्व जिविस सदस्य जित बहादुर भारती, जिल्ला कोषाध्यक्ष द्धय कृष्ण राज गिरी र दुर्गा नेपाल, पुर्व जिविस सदस्य एवं क्षत्रिय उपाध्यक्ष रामेश्वर खडका, क्षेत्रीय कोषाध्यक्ष प्रविण श्रेष्ठ, जिल्ला नेता माधव थापा लगायतले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
राप्रपाले यसअघि जुगल गाँउपालिकाको लिदी पहिरो बाट बिस्थापित भई बाँसखर्क आइ बसेका परिवारलाई एकमुष्ट रु ५ लाख ४५ हजार, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाँउपालिकामा गएको पहिरोबाट पीडित परिवारलाई रु ७ लाख २३ हजार छ सय र शुनकोशी गाँउपालिकामा गएको पहिरोबाट बिस्थापितहरुलाई २ लाख गरि जम्मा २४ लाख ७१ हजार ५ सय ८० सहयोग गरिएको क्षत्रिय सभापति उत्तम भण्डारीले जानकारी दिनुभएको छ । उक्त जम्मा रकममा बाढी पहिरो पीडितलाई निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष निलध्वज थापाले व्यक्तिगत रुपमा २ लाख नगद गर्नुभएको थियो ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.