Open Khabar
Before Header

शुक्रबार थपिए १ हजार ३१३ संक्रमीत

शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.