Open Khabar
Before Header

कोरोना संक्रमित क्याप्टेन विजय लामा, अस्पतालको बेडबाट भिडियो सन्देश

सोहन राई
असोज ६, २०७७
 

काठमाडौं – नेपाल वायुसेवा निगमको वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन्।

 

 

शान्ति मिसनमा खटिएकाे नेपाली सेनाकाे टाेलीलाई अफ्रिकी मुलुक दक्षिण सुडान लगेर फर्किएपछी क्याप्टेन लामा सहित सबै क्रु मेम्बरको पिसिआर परीक्षण गरिएको थियो। गत महिना २८ गते पिसिआर रिपोर्ट पोजिटिभ आएपछि क्याप्टेन लामा काठमाडौं सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टीमा सेल्फ आइसोलेसनमा बसेका थिए। रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा रहेका छन्।

 

 

क्याप्टेन लामाले एक भिडियो सन्देशमार्फत कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। स्टार अस्पतालमा चिकित्सकहरुको सेवा र सकारात्मक हौसलाले उर्जा प्राप्त भएको उनले बताए। यतिबेला स्वास्थ्यमा निकै सुधार भैरहेको क्याप्टेन लामाले जानकारी दिएका छन् भने कोरोना लाग्दैमा नआत्तिन आग्रह गरेका छन्। उनले सेल्फ आइसोलेसनमा रहदा देखि स्टार अस्पतालमा उपचारको क्रम सम्मको आफ्नो अनुभव साथै सुझाव भिडियोमा समावेस गरेका छन्।

 

भिडियो सन्देशमा उनले भनेका छन्ः ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ। म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु।’

( क्याप्टेन विजय लामाको भिडियो सन्देश। )

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.