Open Khabar
Before Header

फुड बैंकको दशौं दिनमा पुर्वमंत्री तथा सांसद केशव स्थापित, राहत वितरण भोलि देखि बन्द

धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लबको सामाजिक कार्य

सोहन राई
असोज ५ , २०७७
 
काठमाडौं – धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लबले फुड बैंक संचालन गरेको दशौं दिन पुगेको छ। सामाखुसीस्थित गत महिना भदौ २७ गते देखि उक्त क्लबले मजदुर तथा विपन्न परिवारलाई राहत वितरण कार्य गर्दै आएको हो।
Before Header
 
लकडाउनले निकै प्रभाव पारेपछि ‘हुनेले दिने, नहुनेले लिने’ अवधारणाका साथ क्लबले ‘भोक विरुद्धको साझा प्रयास’ अभियान सुरु गरेको हो। क्लबले प्रत्येक दिन ४ बजे देखि ६ बजे सम्म राहत स्वरुप चामल, दाल, मस्यौरा, नुन, तेल लगायतका दैनिक आवश्यक खाध्यान्न बाड्दै आएको छ। भदौ २७ गते देखि थालेको अभियान आज दशौं दिनसम्म आइपुग्दा १२०१ विपन्न परिवारले राहत प्राप्त गरेका छ्न् भने भोलि असोज ६ गते समापन गरिने कल्बका अध्यक्ष प्रकाश तुलाचनले जानकारी दिएका छन्। सरकारले लकडाउन खोलिसकेको भएर भोलिदेखि राहत वितरण कार्यक्रम स्थगित हुने भन्दै  परि आएको खण्डमा पुन: सामाजिक कार्य गर्ने अध्यक्ष  तुलाचनले बताए।

काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा पूर्वमन्त्री, हाल वर्तमान सांसद केशव स्थापितले धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लबका युवाहरुलाई हौसला प्रदान गर्न दशौं दिनको अवसरमा उपस्थिति जनाएका थिए। उनको उपस्थितिमा क्लबका युवाहरुले खादा लगाएर सम्मान गर्दै स्वागत गरेका थिए। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाका कारण जनताले पिरमर्का भोगीरहेको बेला राज्यबाट हुननसकेको सहयोग सामाखुसीका जुझारु युवाहरुको संगठनले गरेकोमा सांसद स्थापितले  क्लबको निकै प्रसंसा गरे। उनले क्लबप्रति बधाई तथा सुभकामना व्यक्त गर्दै यस्तो सामाजिक कार्यमा सधैँ समर्थन रहने साथै सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
 
समाजमा बाइकर्सहरुको क्लबलाई हेर्ने दृष्टिकोण नराम्रो भएकोले यसलाई परिवर्तन गर्ने उदेश्यले धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लबका युवाहरुले विगत लामो समय देखि सामाजिक कार्य गर्दै आइरहेका छन्। यसअघि ब्लड डोनेशन जस्ता सामाजिक कार्य पनि गरेको साथै भविष्यमा अझै धेरै समाजको लागि राम्रो गर्दै जाने क्लबका सदस्य रेखी गुरुङले बताएका छन्। यस राहत वितरण कार्यमा कार्यक्रमको सफलताका लागि सुरुवाती दिनमा “Devi and Sons Enterprises” का प्रोपाइटर गणेश सुबेदी (संसार) ले नगद रु एक लाख सहयोग स्वरुप दिएका थिए। त्यसैगरी सिभिल बेंकले करिब तिस हजार बराबरको खाधान्न सहयोग स्वरुप हस्तान्तरण गरेको हो।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.