Open Khabar
inside Article Bleow Menu Single Page

कुलमान घिसिङ पुनर्नियुक्ति हुने, उर्जामंत्री वर्षमान पुनले मन्त्रिपरिषदमा प्रस्ताव पेश गरे

सोहन राई
असोज १, २०७७
Before Header
 
काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने लगभग पक्का भएको छ। मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कुलमानलाई पुनः ४ वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव पेश गरेको उर्जामंत्री सचिवालयले जनाएको छ।
 

कुलमान घिसिङको पुनर्नियुक्तिको प्रस्ताव पेश गरिएको बारे मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन्। मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै घिसिङलाई पुनः एक पटक कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वास समेत चापागाईंले व्यक्त गरेका छन्। मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको उनको भनाई छ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन…

Posted by Durga P Chapagain Sachin on Wednesday, September 16, 2020

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग कुलमानको म्याद थपका लागि कुराकानी गरिसकेको स्रोतले बताए। प्रचण्डले आफ्नो सरकारको पालामा कुलमानलाई विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। घिसिङले ४ बर्षे कार्यकाल अवधिमा जति पनि आमुल परिवर्तन ल्याए त्यस प्रति प्रचण्डले सधैँ प्रशंसा गर्दै आएका छन्। देशमा दैनिक १८ घण्टाको लोडसेडिङ हटाएर जनतालाई उज्यालो दिएका कुलामानले निकै ठुलो योगदान पुर्याएका हुन्।
 
गत मंगलबार प्राधिकरणको आयोजित कार्यक्रममा ४ वर्षे कार्यकाल सकिएका कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीहरुले बिदाइ गरेका थिए। उनको गएको भदौ २८ गते कार्यकाल सकिएको हो। यतिबेला सामाजिक सञ्जालमा चारैतिर उनको पक्षमा समर्थन भइरहेको छ भने सडकमा समेत व्यापक प्रदर्शन भइरहेको छ। काठमाडौंमा मात्र नभएर देशको हरेक क्षेत्र, जिल्लामा पनि कुलमान घिसिङको पुनर्नियुक्ति अभियान चलिरहेको छ।
( फोटो साभार : सामाजिक सञ्जाल )
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.