Open Khabar
Before Header

भोक विरुद्धको साझा प्रयास फुड बैंक सन्चालन गर्दै धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लब

३० भाद्र,काठमाडौं ।
कोरोना महामारी बिच अप्ठ्यारो परिस्थितिमा जुधिरहेका, छाक टार्न गाह्रो हुने मजदुर र विपन्न परिवारलाई सामाखुसीका युवाहरुले राहत स्वरुप खाध्यान्न सहयोग गरिरहेका छ्न् ।
यी जुझारु युवाहरुको संगठन “धौलागिरी इन्फिल्डर्स/रोयल रोलर्स क्लब “ले ४ दिन अघि देखि सहयोग गर्न सुरु गरेको हो ।राहत स्वरुप चामल,दाल, मस्यौरा,तेल,नुन लगायतका दैनिक आवश्यक खाध्यान्न बाडिएको छ।आज सम्म आइपुग्दा झण्डै ५०० विपन्न परिवारले राहत प्राप्त गरिसकेका छ्न् ।सम्भव भए सम्म राहत कार्यक्रम केही दिन अझै लम्बिने क्लबको भनाई छ।”
भोक विरुद्धको साझा प्रयास” नाम दिईएको यस अभियानमा “हुनेले दिने,नहुनेले लिने” अवधारणा अघि सारिएको छ।”Devi and Sons Enterprises “का प्रोपाइटर गणेश सुबेदी(संसार)ले यस कार्यक्रमको सफलताका लागि सुरुवाती दिनमा नगद रु एक लाख सहयोग स्वरुप दिएका छ्न् ।सिभिल बेंकले करिब तिस हजार बराबरको खाधान्न सहयोग स्वरुप हस्तान्तरण गरेको छ।”
बाइकर्सहरुको क्लब भन्ने बित्तिकै आवाराको रुपमा हेर्ने समाजको धारणा हामीले परिवर्तन गर्न जरुरी छ र युवाहरू सामाजिक कार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ भन्ने भावनाको विकास गर्न हामीले राहत बितरणको कार्य सुरु गरेका छौ”,क्लबका अध्यक्ष प्रकाश तुलाचनले बताए।यस क्लबले यस अघि blood donation जस्तो सामाजिक कार्य पनि गरेको क्लबका सदस्य रेखी गुरुङ बताउछन् ।
Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.