Open Khabar
Before Header

सिन्धुपाल्चोक, राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प, पछिल्लो अपडेट

सोहन राई
भदौ ३१, २०७७
Before Header
 
काठमाडौँ बुधबार एकाबिहानै ठुलो भूकम्पको धक्का महसुस भएको हो। आज बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

 
Bleow Covid
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा समेत यसको धक्का महसुस गरिएको थियो। काठमाडौंमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरुको हल्लीखल्ली मच्चिएको थियो। भूकम्पको धक्का  कडा रुपमा केहि लामो बेरसम्म महसुस भएपछि आम सर्वसाधारण अत्तालिदै सडकमा निस्किएका थिए। लामो समयको अन्तराल पछि आएको ठुलो भूकम्पले २०७२ को याद ताजा गराएको हो।
 
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पले त्यहाँ झनै पहिरो गएर धेरै क्षति हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ। पाच बर्ष अघि गएको २०७२ सालको विनासकारी भूकम्पले गोरखा र सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति गरेको थियो। सिन्धुपाल्चोकमा भूकम्पका कारण जमिन फाटेकाले पछिल्ला केहि समय यता धेरै पहिरो गएर मानवीय क्षति र कराैडाैकाे भाैतिक क्षति हुदै आएको छ भने कतिपय गाउँनै पहिरोले विस्थापित गरेको छ।
 
यसअघि पनि भदौ २६ गते नेपाल र भारत सीमा नजिक केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प केन्द्रका अनुसार आज गएको ठुलो भूकम्प भने २०७२ सालमा गोरखा बारपाक केन्द्रविन्दु भएर गएको ७.६ म्याग्नेच्युडको भूकम्पको पराकम्प हो भन्ने बुझिएको छ। भूकम्पबाट देशभर के कति क्षति भयो भन्ने जानकारी प्राप्त हुन अझै बाकि नै छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.