Open Khabar
Before Header

कीर्तिपुर मृतक महतो परिवारलाई १० लाख क्षतिपुर्ती साथै सिआइबीबाट छानबिन हुनुपर्ने सरिता गिरीको माग

सोहन राई
भदौ ३०, २०७७
Before Header
 
काठमाडौं – कीर्तिपुरमा घरबेटीको कुटाईबाट ज्यान गुमाएका शम्भु चौधरी महतोका परिवारलाई पूर्व मन्त्री सरिता गिरीले १० लाख क्षतिपुर्ती साथै सिआइबीले छानबिन गर्नुपर्ने माग गरेकी छन्। डेरा सार्ने विषयमा विवाद हुदा घरबेटीले कुटपिट गरेपछि घाइते महतोको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

 

पूर्व मन्त्री तथा पूर्व सांसद सरिता गिरीले आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ती जारी गरेकी हुन्। सम्पूर्ण घटनाको छानबीन केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) बाट हुनुपर्ने साथै महतोको असहाय परिवारलाई तत्काल सरकारले १० लाख क्षतिपुर्तीको व्यवस्था गर्न माग गरेकी हुन्। कीर्तिपुरको सम्बन्धित स्थानीय सरकारले मृतक महतोको तीन बच्चाको निःशुल्क शिक्षाको जिम्मेवारी लिनुपर्ने माग पनि गरेकी छन्। उनले सरकार को पुन : ध्यानाकर्षण गराउदै मृतक महतोको असहाय परिवारको भविष्यको समेत राज्यले जिम्मेवारी लिनु पर्ने जिकिर गरेकी छन्।
( फोटो साभार : सामाजिक सञ्जाल  )
राज्यले महतोको पत्नी नीतूलाई नागरिकता प्रमाण पत्र प्रदान गर्नु पर्ने साथै रोजगारीको पनि व्यवस्था गर्न गिरीले विज्ञप्तीमा माग गरेकी छन्। महतोमाथि जुन प्रकारले पानी सार्ने र घर भाडाको निहुँमा घरमालिकले आक्रमण गरे र जसरी प्रहरीले उनको उद्धार गर्नमा ढिलाई गरे र शम्भु महतोको मृत्यु हुन पुग्यो, त्यसबाट मधेशीप्रति समाज र राज्य मा व्याप्त गहिरो घृणा एक पटक फेरी उजागर भएको उनको तर्क रहेको छ।
 

प्रेस विज्ञप्ति ः शम्भु महतो को हत्या बारे

१.गत सप्ताह कीत्र्तिपुर मा शम्भु चौधरी (महतो) माथि जुन प्रकार ले पानी…

Posted by Sarita Giri on Tuesday, September 15, 2020 

Bleow Covid
केहि दिन अघिमात्र मृतक महतोका आफन्तले दोषी प्रेमकृष्ण महर्जनलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका थिए। आइतबार ज्ञापन पत्रका साथ शितल निवास पुगेका आफन्तले मृतकका बालबालिकाको जिम्मा राष्ट्रले लिनुपर्ने भन्दै दोषीलाई कानुन अनुसार कारवाही हुनुपर्ने माग गरेका हुन्।
( फोटो साभार : सामाजिक सञ्जाल  )
जन्मभूमि भारत बिहार भएपनि नेपाललाई दुई दशक देखि कर्मभूमि बनाउदै आएका ४२ वर्षीय शम्भु महतो कीर्तिपुरमा १५ वर्ष देखि बस्दै आएका थिए। उनी कीर्तिपुर ७ भाजंगल स्थित प्रेमकृष्ण महर्जनको घरमा १५ महिनादेखि श्रीमती र तीन छोरासहित भाडामा बस्दै आएका थिए। भूकम्पले चर्किएको घरमा २ वटा कोठाको भाडा मासिक ४ हजार तिर्ने गर्थे। गत सप्ताह शुक्रबार २६ गते डेरा सार्ने विषयमा विवाद हुने क्रममा घरबेटी महर्जनले ढोका बन्द गर्न प्रयोग गरिने काठको गजबारले हिर्काउँदा चौधरीको मृत्यु भएको थियो।
( फोटो साभार : सामाजिक सञ्जाल  )

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.