Open Khabar
Before Header

पहिराले आठ घरमा क्षति

चार सवारी साधन बगायो

पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।

पहिराले दुई मोटरसाइकल, एक÷एक म्याजिक भ्यान र बलेरोमा पनि क्षति पुर्याको छ। वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको हो

Before Header
Bleow Covid

अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ ।
पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.