Open Khabar
Before Header

सिन्धुपाल्चोक पहिरोको पछिल्लो अपडेट, १९ घर पुरिए, मृतक सङ्ख्या ३१

सोहन राई
भदौ २९, २०७७
Before Header
 
काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित शनिबार मध्य रातमा दुई स्थानमा पहिरो जाँदा नागपुजे र भिरखर्क गाउँ गरि १९ घर बगाएको छ। पहिरोमा परि नागपुजेका ८ घर र भीरखर्कमा कम्तीमा ११ घर पुरिएको छ भने अन्य ३ घरमा पनि क्षती पुर्याएको खबर प्राप्त भएको छ।

( फोटो साभार : सामाजिक सञ्जाल  )
पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने बेपत्ता भएकाहरु अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिनु भएको छ। बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा बेपत्ता भई मृत्यु भएका ९ जनाकाे सनाखत भइसकेको छ भने अन्य शवको विवरण अझै नआएको सापकोटाले जानकारी दिनुभयो। नागपुजेमा ७ घरमा १७ जनाको बेपत्ताको सुची निकालिसकेको छ भने बाकि बेपत्ताको खोजीनीति भइरहेको साथै घाइते अवास्ठामा  भेटिएकालाई उद्धार गरिएको बताएका छन्। 

( फोटो साभार : सामाजिक सञ्जाल  )

शनिबार राति ६ घण्टासम्म परेको भारी वर्षापछि भीरखर्कबाट पहिरो खस्दा नागपुजेमा बढी क्षति गरेको बाह्रबिसेका मेयर निमफन्जो शेर्पाले जानकारी दिएका छन्। पहिरोमा परि ज्यान गुमाउनेमा बाह्रविसे नगरपालिका ७ की बृद्धा भक्तिमाया श्रेष्ठ, सन्देश बिक, धनलाल नेवार, सर्किनी नेवार, जुनु बिक, शुकलाल बिक, ट्रयाक्सी शेर्पा, कुमार विक र सोनिया विक रहेका छन् भने अन्य शवको छानविन भइरहेको (डिएसपी) सापकोटाले जानकारी दिएका छन्। यता बेपत्ताहरुको पनि खोजी कार्यका लागि शसस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना गरी ३ वटा टोली बनाइ लामा टोल, नेवार टोल र विक टोलमा उनीहरुको खोजी कार्य तिब्र गतिमा भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताएका छन्। सँगै स्थानीय पनि उद्धारका लागि लागिरहेका छन्।
Bleow Covid

( फोटो साभार : सामाजिक सञ्जाल  )
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा आइतबार बिहानै प्रभावित क्षेत्र प्रस्थान गरेका थिए। पहिरोले घुम्थाङको नागपुजे र भिरखर्कमा क्षति पुगेको जानकारी पाएपछि सभामुख काठमाडौंबाट बिहानै स्थलमार्ग हुँदै गाडीमा सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका थिए। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला हो। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरो गएको खबर आउनासाथ आइतबार बिहानै सभामुख सहितको टोली घटनास्थलतर्फ लागेका थिए।

( फोटो साभार : सामाजिक सञ्जाल  )

पहिरो पिडितको उद्धारका लागि र सहयोगका लागि सरकार, पार्टी तथा संघसंस्था बाट केहि राहत सहयोग वितरण भैरहेको पनि जानकारी प्राप्त भएको छ। सिन्धुपाल्चोकमा बाढीपहिरोले धेरै ठाउँमा धेरै पटक मानवीय क्षति र कराैडाैकाे भाैतिक क्षति हुदै आइरहेको खबर निरन्तर चलीनै रहेको छ। सिन्धुपाल्चोकमा मात्र नभएर नेपालको भिभिन्न जिल्लाहरुमा यस्ता बाढीपहिरो, प्राकृतिक प्रकोपका कारण हरेक वर्ष सैयौं निमुखा जनताले ज्यान, धन गुमाइ रहेका छन्।आखिर यस प्राकृतिक विपत्तिको केहि हद सम्म नियमन गर्ने उपाय या समाधान नेपाल सरकारले गर्न सक्दैनन् र ? भन्ने खालका हजारौ प्रश्न अहिले सामाजिक सञ्जालमा नेपाली जनताले उठाइरहेका छन्।
सामाजिक सञ्जालबाट साभार गरिएको केहि तस्बिरहरु :

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.