Open Khabar
Before Header

काभ्रेको क्वारेन्टाइनमा युवती झुन्डिएको अवस्थामा फेला

आफन्त र स्थानीयले गरे स्वास्थ्य चौकी तोडफोड

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन्। वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

१७ गते दुबईबाट फर्किएकी उनी मृत अवस्थामा भेटिएपछि आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन्। आक्रोसित आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइतेसमेत भएका छन्।

Before Header
Bleow Covid

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.