Open Khabar
Before Header

रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

बुटवल –  रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। परासीबाट भैरहवातर्फ जाँदै गरेको सो कार गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो।

लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृत्यु भएको हो। मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दीएको छ।

Before Header
Bleow Covid

दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन्। दुर्घटनामा कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले बताएकाे छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.