Open Khabar
Before Header

बाढि पहिरोले परिवार नै गुमाए पछि एक्ली बनेकी छिरिङलाई राप्रपाको राहत – फोटो फिचर

 

केन्द्रिय अध्यक्ष पशुपति शम्सेर जवराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले सिन्धुपाल्चोक जिल्लाका बाढी तथा पहिरो पीडितलाई राहत प्रदान गरेको छ ।पार्टीले विस्थापितहरुका लागि खाद्यान्न, पोशाकका साथै मृतक तथा वेपत्ता परिवारलाई नगद सहयोग गरेको हो ।


पूर्व सभासद एवं राप्रपा केन्द्रीय सदस्यहरु रमेश लामा, यस्मिन ढुंगाना, बाबुराम खड्का, उदय सापकोटा, गजेन्द्र भण्डारी र राप्रपाका उत्तम भण्डारी लगायतका अन्य कार्यकर्ताहरुको उपस्थीती तथा सहयोगमा जिल्ला अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीले बाह्रविसे, भोटेकोशी र जुगलका पीडितहरुलाई सहयोग गरेका हुन्।


बाह्रविसे र भोटेकोशीका एक सय २६ परिवार र जुगल गाउँपालिकाका ६० परिवारलाई विभिन्न खाद्यान्न सहयोग गरिएको जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

बाढी तथा पहिरोबाट बेपत्ता तथा मृत्यु भएका परिवारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।साथै केन्द्रिय सदस्य यस्मिन ढुङगानाको पहलमा ७५ जना महिलालाई कुर्ता सलवार समेत वितरण गरिएको छ । बाढि पहिरोले परिवारका चार जना सदस्य गुमाए पछि एक्लो बनेकी १७ बर्षिय यूवती छिरिङ डोल्मा गोलेले पनि नगद सहयोग स्वरुप रु चालिस हजार प्राप्त गरिन् । यस सहयोगले आफुलाई जिवनयापन गर्न धेरै सहयोग पुग्ने गोलेले बताईन ।

राहत खाद्यान्नमा चामल, नुन, तेल, मस्यौरा लगायत अति आवश्यक सामग्री सहयोग गरिएको पूर्व सभासद् रमेश लामाले बताए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.