Open Khabar
Before Header

सत्याग्रहलाई सर्मथन जनाउदै चिराग मान सिंह कुवँर

 

कोरोना महामारीबाट बिश्व आक्रान्त बनिरहेको अवस्थामा हाम्रो देश पनी यसबाट अछ्तो छैन । यो महामारीको अन्त्य कहिले र कसरि ह्न्छ भन्ने ठयाक्कै यकिन भने छैन । राज्यले यस बिषम परिस्थितिमा कोरोना पिडितहरुलाई उनिहरुको नाजुक स्वास्थ्य अवस्थालाई सम्बोधन गर्न नसकेको भन्दै हालै बसन्तपुरमा कोभिड –१९ को सवल व्यवस्थापनको माग गर्दे जिवन रक्षाका लागि खानापानि नखाई सत्याग्रह गरेका छन जसको सहभागिताको लागि खुल्ला भनिएको छ ।

राज्यले कोभिड– १९ का लागि गरेको भनिएको खर्च बिवरण माग गरिएको सत्याग्रहमा बसेकाहरुले बताएका छन । यस सत्याग्रहलाई सर्मथन जनाउदै राष्ट्रिय प्रजातान्त्रीक टे«ड युनियनका अध्यक्ष चिराग मान सिंह कुवँरले यस अभियानमा आफनो साथ र सहयोग रहने भन्दै त्यहाँ रहेका सहभागिहरुलाई भेटि हौसला बढाउनु भयो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.