Open Khabar
Before Header

कालीकोटमा पहिरोमा परी ८ जनाको मृत्यु, एक जना बेपत्ता

कालीकोट– कालीकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। नरहनीनाथमा गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले गंगे बुढाको घर पुरिएको हो।

६५ वर्षीय गंगेसहित ६१ वर्षीया उनकी श्रीमती नैना, २४ वर्षीयख बुहारी कुशा, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै १८ वर्षीया छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको प्रहरीले जनाएको छ।

त्यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा पनि गएराती पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ। बाले भने बेपत्ता रहेको र खोजी कार्य भइरहेको जनाइएको छ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.