Open Khabar
inside Article Bleow Menu Single Page

गैँडाकोटबाट लागुऔषध सहित तीनजना पक्राउ

गोविन्द घिमिरे
गैँडाकोट, असोज ,०५ । पूर्वि नवलपरासीको गैँडाकोटमा लागुऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले उज्यालो खबरलाई जानकारी दियो ।
पुर्वबाट पश्चिम तर्फ जान आउँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीनजना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का प्रकाश कार्की, भरतपुर महानगरपालिका वडा नं. ९ का २२ वर्षका शुरेश तामाङ, र देवघाट गाउँपालिका वडा नं. ५ का २२ वर्षका मिलन गुरुङ्ग रहेका छन् ।
उनिहरुले नुरफिन ५६ थान, फेनारगन ५६ थान र डाईजापाम ६० थान गरि कुल १७२ थान लागुऔषध भ्यानको स्टेरिङ मुनि लुकाएर ल्याउदै गरेका थिए । विहान चारबजे पक्राउ परेका उनिहरुको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.