Open Khabar
Before Header

एकता महाधिवेशन मंसिरमा गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव

एकता महाधिवेशन मंसिरमा गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव

काठमाडौं– सत्तारुढ नेपाल कम्युष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको नयाँ प्रस्ताव ल्याएका छन् । प्रधानमन्त्री ओलीले  एकता महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव ल्याएका हुन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत वरिष्ठ नेताहरूले प्रधानमन्त्री एवम् अध्यक्ष दुवै पदबाट राजीनामा दिन  दवाव दिएपनि दुवै पद नछाड्ने अडानमा अडिग रहेका ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका हुन् ।

यद्यपि नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखितरुपमा प्रस्ताव ल्याउन आग्रह गरेका छन्।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.