Open Khabar
inside Article Bleow Menu Single Page

प्रचण्डमाथि सुर्य थापाको आरोपः माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्ने कोशिश कामै लागेन

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने प्रचण्डको कोशिश विफल भएको टिप्पणी गरेका छन् । उनले कम्युनिस्ट सरकार फालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शिरमा बोक्न समेत नसकेको भन्दै प्रचण्डमाथि व्यङ्ग्य गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले डेढ वर्षयता माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्ने रणनीतिमा प्रचण्ड लागेको आरोप समेत लगाए । उनले लेखेका छन्, माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकामा हान्ने डेढवर्ष लामो कोशिश कामै लागेन ।

Before Header

थापाले देउवालाई सत्तामा पुर्याउन प्रचण्ड लागेको र कम्युनिस्ट सत्ता फालेर जग हँसाउन खोजेको आरोप समेत लगाए ।

सुर्य थापाले लेखेका छन्ः पुष्पकमल दाहाल डफ्फा मर्माहत बनेछ!माधव नेपालकाे ढाडमा टेकेर प्रधानमन्त्री ओलीकाे टाउकामा हान्ने डेढबर्ष लामाे काेशिस कामै लागेन।कम्युनिस्ट सरकार फाली देउवालाई शिरमा बाेकेर जग हँसाउन पाइएन,अनि निशानीले सालीका ससुराबाकाे पीडा पाेखेछन्

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.